Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

युवतीलाई बाँधेर पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा भारतीय नागरिक

युवतीलाई बाँधेर पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा भारतीय नागरिक


  • 659
    Shares

    युवतीलाई बाँधेर पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा भारतीय नागरिक
    images

    काठमाडौं । झापा, बिर्तामोडमा नगरपालिका ५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेको आरोपमा एक जना पक्राउ परेका छन्।

    भारत, किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोडस्थित अमृत भोग मिठाई पसलमा काम गर्ने ४२ वर्षीय दिलीपचन्द्र रायलाई प्रहरीले पक्राउ गरेको हो। 

    असोज १२ गते राति साढे १० बजे इलाम घर भएकी २२ वर्षीया युवतीको कोठामा पेट्रोलसमेत बोकेर प्रवेश गरेका थिए। 

    उनले तन्ना च्यातेर उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए।

    घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिइएको हो। घटनामा घाइते रविना मगरको मनमोहन अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ। 

    दिलीप चन्द्र रायबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
     

     

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १३:१४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij