Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

तीन दिन ठूलो वर्षाको सम्भावना छैन, धान काट्न किसानलाई मौसमविद्को सुझाव

तीन दिन ठूलो वर्षाको सम्भावना छैन, धान काट्न किसानलाई मौसमविद्को सुझाव


  • 988
    Shares

    तीन दिन ठूलो वर्षाको सम्भावना छैन, धान काट्न किसानलाई मौसमविद्को सुझाव
    images

    काठमाडौं । नेपालमा आज मंगलबारदेखि बिहीबारसम्म देशभर ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले आगामी तीन दिन अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने जानकारी दिएका हुन्।

    मंगलबार बिहान १० बजे जारी गरिएको भिडियो सन्देशमा ढकालले पछिल्लो २४ घण्टामा पनि देशका कुनै भूभागमा उल्लेख्य वर्षा नभएको बताए। उनका अनुसार दिउँसो घाम लाग्ने तथा बिहानको समयमा विशेषगरी तराई र उपत्यकाका केही स्थानमा हल्का हुस्सु लाग्ने अवस्था देखिएको छ।

    उनले आज, भोलि र पर्सि दिउँसो तथा साँझ एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि व्यापक वा ठूलो वर्षाको सम्भावना नरहेको स्पष्ट पारे। आगामी तीन दिनको मौसम अवस्था पनि पछिल्लो २४ घण्टाकै जस्तै रहने महाशाखाको पूर्वानुमान छ।

    धान काट्ने समय भएकाले किसानलाई मौसमका कारण तत्काल ठूलो असर पर्ने अवस्था नरहेको ढकालले बताएका छन्। उनले सामाजिक सञ्जालमा फैलिने अनधिकृत सूचनाको भर नपरी मौसमसम्बन्धी जानकारीका लागि मौसम पूर्वानुमान महाशाखा तथा नेपाल मौसम विज्ञान विभागका आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल हेर्न आग्रह गरेका छन्।

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - ११:४०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij