Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

‘सदनलाई गुमराहमा राख्न मिल्दैन’-एमाले सांसद हमाल

‘सदनलाई गुमराहमा राख्न मिल्दैन’-एमाले सांसद हमाल


  • 463
    Shares

    ‘सदनलाई गुमराहमा राख्न मिल्दैन’-एमाले सांसद हमाल
    images

    काठमाडौं । नेकपा (एमाले) की सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरेकी छन् ।  

    प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा बोल्दै उनले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फर्किए पनि भ्रमणको उद्देश्य, एजेण्डा र उपलब्धिको विषयमा संसदलाई जानकारी नगराइएको भन्दै उनले कार्यकारी प्रमुखको जवाफदेहितामाथि प्रश्न उठाएकी हुन् । सांसद हमालले प्रधानमन्त्री केवल कार्यकारी प्रमुख मात्र नभई प्रतिनिधि सभाबाट निर्वाचित सदस्यसमेत रहेकाले उहाँ हरेक गतिविधिमा सदनप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएकी छन् । 

    राष्ट्रसंघजस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा भ्रमणअघि र भ्रमणपश्चात संसदलाई विश्वासमा लिने संसदीय अभ्यासलाई सरकारले गम्भीरतापूर्वक नलिएको उनको आरोप छ । 

    उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू विदेश जानुअघि यस सम्मानित सदनलाई भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रहितका प्राथमिकताका बारेमा जानकारी गराउनु पर्दथ्यो । साथै, फर्किएपछि पनि भ्रमणबाट प्राप्त उपलब्धि र भएका महत्वपूर्ण भेटवार्ताबारे संसद्लाई जानकारी गराउनुपर्ने संसदीय परम्परा हो ।’ 

     

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १०:४१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij