Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा


  • 519
    Shares

    पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा
    images

    काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध भएका पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि यी राजमार्ग एकतर्फी सञ्चालनमा आएका हुन् । 

    गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको छ। मनाङको चामे-बेशिसहर, बागलुङको कालिगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड पूर्ण रूपमा बन्द छन्।

    मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुङ्गा–बेनी, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, लमजुङको मध्य पहाडी लोकमार्ग र तनहुँको पृथ्वीराजमार्ग (घाँसीकुवा) मा पनि पहिरोले गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

    यसैगरी लुम्बिनी प्रदेशको गुल्मीस्थित कालिगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्ग (गगने खोला) र मुगुको नाग्म–गमगढी सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    प्रहरी तथा स्थानीय प्रशासनले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन्। यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक स्थितिबारे जानकारी लिन प्रहरीले सबैमा अनुरोध गरेको छ।

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १०:०८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij