Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

बागलुङ पहिरो: ज्यान गुमाउनेको संख्या १२ पुग्यो, १ जना अझै बेपत्ता

बागलुङ पहिरो: ज्यान गुमाउनेको संख्या १२ पुग्यो, १ जना अझै बेपत्ता


  • 652
    Shares

    बागलुङ पहिरो: ज्यान गुमाउनेको संख्या १२ पुग्यो, १ जना अझै बेपत्ता
    images

    बागलुङ । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। 

    पछिल्लो तीन दिनयता बागलुङका विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ। पहिरोले घर बगाउँदा एक जना अझै बेपत्ता छन्।  ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए। पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्। 

    जिल्लामा अविरल वर्षापछिको विपद्‍मा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको प्रहरीले जनाएको छ। 

    गत शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो भने आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक बेपत्ता भएका थिए।

    त्यसैगरी पहिरोमा परेर निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - ०८:१९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij