Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ९४ लाख ठगी आरोपमा २ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ९४ लाख ठगी आरोपमा २ जना पक्राउ


  • 785
    Shares

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ९४ लाख ठगी आरोपमा २ जना पक्राउ
    images

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ९४ लाख ठगी गरेको आरोपमा प्रहरीले काठमाडाैँबाट दुई जनालाई पक्राउ गरेको छ। 

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धादिङका ईश्वर खतिवडा र लमजुङका खर्वा तामाङलाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार खतिवडाले स्लोभानिया र माल्दिभ्स पठाइदिने भन्दै २५ जनाबाट रु ८५ लाख ठगी गरेको आरोप लागेको छ।

    रकम लिएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए। त्यस्तै, तामाङले जापान पठाइदिने भन्दै एक जनाबाट रु नौ लाख लिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खतिवडालाई काठमाडौँ महानगरपालिका–२६ बाट र तामाङलाई काठमाडौँ–९ सिनामङ्गलबाट पक्राउ गरिएको हो। उनीहरु माथि थप अनुसन्धान भइरहेको छ।

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - ०६:३९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij