Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

जापानका लागि प्रस्तावित राजदूतको निर्णय परराष्ट्र मन्त्रालयको रायमा निर्भर

जापानका लागि प्रस्तावित राजदूतको निर्णय परराष्ट्र मन्त्रालयको रायमा निर्भर


  • 379
    Shares

    जापानका लागि प्रस्तावित राजदूतको निर्णय परराष्ट्र मन्त्रालयको रायमा निर्भर
    images

    काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाका सम्बन्धमा संसदीय सुनुवाइ समितिले मागेको विवरण प्राप्त गर्न सकेको छैन । ‘हामीले परराष्ट्र मन्त्रालयसँग थप विवरण मागेका थियौं । थप विवरण परराष्ट्रबाट उपलब्ध भएको छैन’, समितिका सचिव तुलबहादुर कंडेलले भने ।

    संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा सांसदहरूले सुनुवाइकै क्रममा प्रश्न उठाएका थिए ।

    २०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । उठेका प्रश्नको चित्तबुझ्दो जवाफ र आवश्यक विवरण उपलब्ध नभएको भनेर त्यसदिन थापाबारे सुनुवाइ समितिले कुनै निर्णय गरेन ।

    प्रस्तावित राजदूत थापाको स्थायी बसोबास अनुमतिपत्र त्याग गरेको विषयका साथै परिवारको पीआर, जापानमा घर–सम्पत्ति रहेको, त्यहाँको सरकारी निकायबाट तलब बुझेको तथा स्थानीय तहको सल्लाहकार रहेको भन्ने प्रश्न पनि उठेको थियो । यस सम्बन्धमा समितिमा उजुरी परेको थियो ।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - ११:०८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij