Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

मिराज ढुङ्गानाले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

मिराज ढुङ्गानाले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र


  • 624
    Shares

    मिराज ढुङ्गानाले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र
    images

    काठमाडौं । पूर्वप्रधान न्यायाधीशलाई जेनजी युवाहरूबाट धम्की आएको भन्दै प्रहरीले गरेको दाबीबारे जेनजी अगुवा मिराज ढुङ्गानाले गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार ढुङ्गानाले गृह मन्त्रालय र मन्त्रालयका जिम्मेवार अधिकारीहरूलाई इमेल गरेर ज्ञापनपत्र पठाएका हुन् ।

    उनले ज्ञापनपत्रमा विषयको वास्तविकता, स्रोत र कानुनी प्रक्रियाबारे थप तथ्य सार्वजनिक गर्न माग गरेका छन् ।  पत्रमा ‘जेनजी’ कुनै व्यक्ति, ग्याङ वा गिरोह नभई एउटा निश्चित उमेर समूह मात्र भएको स्पष्ट पारिएको छ । 

    ‘देशमा ७२ लाख जेनजी उमेर समूहका व्यक्ति छन्, यो समूह हरेक पार्टी, अभियान र १० कक्षादेखि मास्टर डिग्रीसम्म अध्ययनरत छन्’  पत्रमा भनिएको छ, ‘जेनजी भनेर दोषारोपण गर्दा सम्पूर्ण ७२ लाख नागरिक र नाबालिकलाई आरोप लगाएको हुन्छ, त्यसैले यो स्पष्ट गरिनुपर्छ ।’ 

    त्यस्तै, उनले धम्की दिने कुनै व्यक्ति वा समूहविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाएको कानुनी आधार र सम्पूर्ण ‘जेनजी’ पुस्तालाई नै शङ्काको घेरामा पार्ने अवस्थाबारे मन्त्रालयको दृष्टिकोणबारे स्पष्ट पार्न भनेका छन् । 

    825260240_1577801903346070_2337078920865262245_n_KNQORMi7SO.webp

     

     

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १८:०१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij