Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको दुरुपयोग गर्‍योः नेता शाही

सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको दुरुपयोग गर्‍योः नेता शाही


  • 533
    Shares

    सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको दुरुपयोग गर्‍योः नेता शाही
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारले व्यक्तिगत इगो साट्नका लागि राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । 

    सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विधि र प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले सरकारको छवि धुमिल भएको बताएका हुन्। नेता शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको प्रसंग उठाउँदै कानूनी राज्यको उपहास भएको जिकिर गरेका छन् । उनले भ्रष्टाचार र अपराधको अनुसन्धानमा सरकार छनोटपूर्ण बनेको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

    उनले भने, ‘कोही पनि व्यक्तिलाई पक्राउ गर्नुहुन्न भन्ने होइन, तर पक्राउ गर्दा कानुनी आधार र अदालतको पक्राउ पुर्जी अनिवार्य हुनुपर्छ । प्रमाणबिना राति ३ बजे पक्राउ गर्नु र पछि छाड्नु बालहठ मात्र हो । ९ अर्ब रुपैयाँ घोटालाको आरोपी जिबी राई, वाइडबडी काण्ड, ४ जी र एनसेलका दोषीहरू खुला हिँडिरहेका छन् । तर सरकारले व्यक्तिगत प्रतिशोधका लागि मात्र शक्ति प्रयोग गरिरहेको छ । यस्ता हर्कतले हिजोको र आजको सरकारबीच कुनै भिन्नता देखिँदैन । तपाईंहरूले जसरी इगो साट्न पक्राउ गर्ने खेल शुरु गर्नुभएको छ, यसको हिसाव किताव भोलि जनताले माग्छन् ।’ 

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १६:५४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij