२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । जडीबुटी संकलन गर्न गएका सिमकोट गाउँपालिका–२ ठेहेगाउँका १० जना सम्पर्कविहीन भएका छन् । उनीहरू एक हप्तादेखि सम्पर्कविहीन भएको आफन्तले बताएका छन् ।
सम्पर्कविहीन हुनेहरूमा स्थानीय बलिवान बोहरा, जुन बोहरा, गोरासिँह भण्डारी, धनपुरी भण्डारी, धनमानसिँह बोहरा, पिउली बोहरा, पुन्न बोहरा, नर भण्डारी, खिम भण्डारी, लक्ष्मी बोहरा रहेको स्थानीयले बताएका छन् ।
उनीहरू हुम्लाकै खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–५ को सीमामा गर्ने वनमा जडीबुटी संकलनका गएका थिए । तर, उनीहरू एक हप्तादेखि सम्पर्कमा नआएको स्थानीय ग्वामसिँह भण्डारीले जानकारी दिए ।
आफन्तले खोज तथा उद्वारका लागि स्थानीय प्रशासन, प्रदेश र संघ सरकारलाई जानकारी गराएको पनि उनले बताए ।
उनीहरू सम्पर्कविहीन भएको खबर आएलगत्तै अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइँले जानकारी दिए । यसबारे प्रदेश सरकार र गृहमन्त्रालयमा पनि जानकारी गराउने काम भइरहेको पनि उनले बताए ।
सरकारी निकाय वा जनप्रतिनिधिहरू सहायताका लागि नपुगेपछि अहिले स्थानीय युवाहरू, विधार्थीहरू नै स्वतःस्फूर्त रूपमा संगठित भई विद्यालय तथा छिमेकीका घरहरूमा जमेको लेदो र बालुवा हटाउने सरसफाइ अभियानमा खटिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij