Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

प्रचण्ड र एनआरएनए प्रतिनिधिबिच भेटवार्ता

प्रचण्ड र एनआरएनए प्रतिनिधिबिच भेटवार्ता


  • 309
    Shares

    प्रचण्ड र एनआरएनए प्रतिनिधिबिच भेटवार्ता
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधिबिच भेटवार्ता भएको छ ।

    सोमबार एनआरएनएका महासचिव डा। चिरञ्जीवी खड्काको नेतृत्वको प्रतिनिधिमण्डलले संयोजक प्रचण्डसँग भेटवार्ता गरेको हो । 

    त्यसक्रममा बाढी प्रभावित क्षेत्रमा सङ्घको तर्फबाट हालसम्म चालिएका राहत तथा उद्धारका कदमबारे जानकारी गराउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संयोजक प्रचण्डले सङ्कटको समयमा एनआरएनएले पुर्‍याउने मानवीय सहायताको उच्च प्रशंसा गरेको नेकपाले जनाएको छ । 

    भेटका क्रममा विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि वंशजको नागरिकताको निरन्तरता अपरिहार्य रहेको विषयलाई प्रतिनिधिमण्डलले उठाएको थियो । जवाफमा  सकारात्मक प्रतिक्रिया दिँदै संयोजक प्रचण्डले गैरआवासीय नेपालीहरूको वंशजको नागरिकताको मुद्दामा आफू सुरुवाती दिनदेखि नै सकारात्मक रहेको स्पष्ट पारेका छन् । 

    संयोजक प्रचण्डले यससम्बन्धी व्यवस्था गर्दा राजनीतिक बाहेकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू सुनिश्चित गर्न सकिने विषयमा आफू स्पष्ट रहेको बताउँदै नेपाली मूलका नागरिकहरूको पहिचान स्थापित गर्न नीतिगत तहमा आवश्यक पहल गर्ने दृढ आश्वासन दिएका छन् । 

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १६:३५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij