Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

तीन क्रेन लगाएर नारायणी पुलमा अड्किएको क्रुज निकालिँदै

तीन क्रेन लगाएर नारायणी पुलमा अड्किएको क्रुज निकालिँदै


  • 582
    Shares

    तीन क्रेन लगाएर नारायणी पुलमा अड्किएको क्रुज निकालिँदै
    images

    काठमाडौं । नारायणी नदीमा आएको भीषण बाढीले बगाएर पुलको पिलरमा अड्किएको राइनोज क्रुजसिप निकाल्न तीन वटा क्रेन प्रयोग गरिएको छ। प्रशासनले क्रुजलाई सकभर सुरक्षित रूपमा किनारातर्फ लैजाने प्रयास भइरहेको जनाएको छ।

    तीनवटा क्रेनको सहायताले तानेर क्रुजलाई गैंडाकोटतर्फकै किनारामा लैजाने प्रयास भइरहेको हो। बाढीका कारण आइतबार साँझ होटल रिभर क्राउन अगाडिबाट बगेको क्रुज नारायणी पुलको गैंडाकोटतर्फको पिलरमा गएर अड्किएको थियो।

    तीन तले क्रुज पुलको पिलरमा अड्किएपछि पुलमा थप क्षति पुग्न सक्ने जोखिम बढेको थियो। क्रुज निकाल्ने क्रममा पुलको संरचनामा क्षति नहोस् भनेर सावधानी अपनाइएको प्रशासनले जनाएको छ।

    कम्पनीका अनुसार क्रुजलाई बाँध्न प्रयोग गरिएका दुईवटा २० एमएमका टुचिन ठूलो बाढीका कारण चुँडिएका थिए। क्रुज राखिएको स्थानमा बाढीले रुखसमेत बगाएर ल्याउँदा टुचिनमा थप दबाब परेको कम्पनीको दाबी छ।

    ७० टनभन्दा बढी तौल रहेको क्रुज १०० फिट लामो र २५ फिट चौडा छ। यसमा एकपटकमा १८० जनासम्म यात्रु अट्ने क्षमता रहेको छ। करिब १५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको यो क्रुजलाई करिब डेढ वर्षअघि नारायणी पुलभन्दा माथिल्लो क्षेत्रमा ल्याइएको थियो।  

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १६:२७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij