Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

सांसद राजकुमार शर्माको रिट सर्वोच्चले खारेज गर्‍यो

सांसद राजकुमार शर्माको रिट सर्वोच्चले खारेज गर्‍यो


  • 589
    Shares

    सांसद राजकुमार शर्माको रिट सर्वोच्चले खारेज गर्‍यो
    images

    काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका सांसद राजकुमार शर्माले आफ्नो सांसद पद रिक्त गर्ने निर्णयविरुद्ध दायर गरेको रिट खारेज गरेको छ।

    न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले नेपाली कम्युनिस्ट पार्टीको पत्रका आधारमा प्रदेशसभा सचिवालयले गरेको पद रिक्तसम्बन्धी निर्णयविरुद्ध शर्माले दायर गरेको रिट खारेज गरेको हो।

    यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनसमेत सर्वोच्चले अस्वीकार गरेको छ। सर्वोच्चको पछिल्लो आदेशसँगै प्रदेशसभा सचिवालयले गरेको पद रिक्तसम्बन्धी निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ।

    तत्कालीन नेकपा माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रचारमा लागेको आरोपमा नेपाली कम्युनिस्ट पार्टीको सिफारिसमा उनको सांसद पद रिक्त गरिएको थियो। उक्त निर्णयविरुद्ध शर्मा सर्वोच्च अदालत पुगेका थिए।  

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १६:१८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij