२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ।
पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला आयोगको टोलीलाई भेटघाट तथा हिरासत अनुगमन गर्न नदिएको घटनाबारे स्पष्टिकरण लिन आयोगले एसएसपी खड्कालाई बोलाएको हो। आयोगले सोमबार पत्र पठाउँदै उनलाई असोज १३ गते मंगलबार आयोगमा उपस्थित हुन भनेको छ।
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार आयोगको टोलीलाई हिरासत अनुगमनमा रोकिएको विषयमा एसएसपी खड्कासँग सोधपुछ गरिनेछ। उनका अनुसार घटनाबारे आवश्यक जानकारी लिएर आयोगले थप प्रक्रिया अघि बढाउनेछ।
आइतबार आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली जबरालाई भेट्न तथा हिरासतको अवस्थाबारे अनुगमन गर्न टेकु पुगेको थियो। तर प्रहरीले आयोगको टोलीलाई जबरासँग भेट गर्न अनुमति नदिएपछि टोली त्यहाँबाट फर्किएको थियो।
उक्त घटनापछि आयोगले प्रहरीसँग भएको घटनाक्रमबारे जानकारी लिन एसएसपी खड्कालाई बयानका लागि बोलाएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij