Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज


  • 533
    Shares

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज
    images

    काठमाडौं । पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज भएको छ। लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव एक लाख क्यसेक पार गरेपछि दुई दिनदेखि शारदा ब्यारेज (बनवासा पुल) मा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाएको थियो।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आज बिहान महाकाली नदीमा पानीको बहाव घटेसँगै बनवासा पुल पूर्ण रूपमा सञ्चालन भएको जानजकारी दिनुभयो । प्रहरीका अनुसार अहिले पानीको बहाव ९८ हजार क्यसेक मापन गरिएको छ।

    भारतीय पक्षले एक लाख क्युसेक बहाव नाघेपछि पुल जीर्ण भएको कारण देखाउँदै ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडाैँ, पोखरालगागत स्थानका लागि आजदेखि यातायात सेवा सञ्चालन भएको महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नविन भट्टले जानकारी दिए।

    “वर्षाका कारण काठमाडाैँका यात्रुवाहक बस चार दिनदेखि र सुदूरपश्चिमका पहाडी जिल्लामा तीन दिनदेखि यातायात बन्द गरिएको थियो”, अध्यक्ष भट्टले भने, “मौसममा सुधार आएसँगै यातायात सेवा पनि आजदेखि सुरु भइसकेको छ ।”

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १४:५१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij