२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ।
नेपाल राष्ट्रिय पर्वतीय गाइड संघका अनुसार उद्धार टोलीले सोमबार खोजी गर्ने क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो। यसअघि आइतबार छेवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।
आइतबार बिहान हिमलुङ बेसक्याम्पमा हिमपहिरो जाँदा १४ जना बेपत्ता भएका थिए। दुई जनाको शव आइतबार नै सदरमुकाम ल्याइएको थियो भने सोमबार भेटिएका दुई शव पनि आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं ल्याउने तयारी गरिएको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुईवटा पर्यटक कम्पनीबाट बेसक्याम्प निर्माणका लागि गएका २७ जना कामदार हिमपहिरोमा परेका
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij