Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

जलवायु–विपद् अध्ययन समितिको सभापति असोज १४ मा चयन हुने

जलवायु–विपद् अध्ययन समितिको सभापति असोज १४ मा चयन हुने


  • 680
    Shares

    जलवायु–विपद् अध्ययन समितिको सभापति असोज १४ मा चयन हुने
    images

    काठमाडौं । प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्का विषयमा अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति चयनको मिति तय गरेको छ ।

    सभामुख डोलप्रसाद अर्यालले असोज १४ गते समितिको सभापति पदका लागि निर्वाचनको समय निर्धारण गरेका हुन् । प्रतिनिधि सभा नियमावली २०८३ को नियम १७६ को उपनियम १ बमोजिम सभामुख अर्यालले असोज १४ गते दिउँसो २ बजे सभापति चयनका लागि निर्वाचन हुने जानकारी गराएका छन् । 

    पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको गम्भीर असर र भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीहरूमा उत्पन्न विपद्को जोखिमलाई सम्बोधन गर्न यो समिति गठन गरिएको हो । जलवायु न्यायको मुद्दामा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै आएका बेला संसदीय समितिबाट हुने अनुसन्धान र सुझावहरू महत्वपूर्ण मानिएका छन् । 

    यस समितिलाई जलवायुजन्य विपद्को न्युनिकरणका लागि नीतिगत आधार तयार गर्ने जिम्मेवारी दिइएको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले तोकिएको मिति र समयबारे सदनलाई औपचारिक जानकारी गराउँदै बैठकको कार्यसूचीबारे स्पष्ट पार्नुभयो । निर्वाचन सम्पन्न भएसँगै समितिले आफ्नो औपचारिक कार्यभार सम्हाल्नेछ ।  

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १४:०५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij