Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

चोलेन्द्रको पक्राउप्रति प्रचण्डको आपत्ति, भने– ‘सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’

चोलेन्द्रको पक्राउप्रति प्रचण्डको आपत्ति, भने– ‘सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’


  • 540
    Shares

    चोलेन्द्रको पक्राउप्रति प्रचण्डको आपत्ति, भने– ‘सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति प्रश्न उठाउँदै यस्ता गतिविधि दोहोरिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

    सोमबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सुरक्षा थ्रेट रहेको भए व्यक्तिलाई प्रहरी कार्यालयमा लैजानुको सट्टा घरमै सुरक्षा बढाउनुपर्ने धारणा राखे। प्रहरीले भने जबरालाई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याइएको र पक्राउ नगरिएको बताएको छ।

    प्रचण्डले सरकारको उद्देश्य ‘छोरी पिटेर बुहारी तर्साउने’ खालको हो भने त्यसले सरकारलाई नै गम्भीर असर पार्ने टिप्पणी गरे। उनले यस्ता घटना दोहोरिन नदिन सरकारलाई आग्रहसमेत गरे।

    उनले जबराको पक्राउलाई लिएर सुरक्षा थ्रेटको कारण देखाइएको विषयमा पनि प्रश्न उठाए। यसअघि जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा लगिएको थियो भने पछि परिवारको जिम्मा लगाएर छाडिएको थियो।

    यसैबीच, प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको तर्फबाट राखेको धारणा स्वाभाविक रहेको बताए। उनले प्रधानमन्त्रीको स्थानमा अन्य व्यक्ति भए पनि त्यही विषय उठाउने धारणा राख्दै यसलाई अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको बताए। 

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १३:२६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij