Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

बाढीले मनाङ आक्रान्त, सम्पर्कविहीनको खोजी र राहतका लागि सांसद गुरुङको माग

बाढीले मनाङ आक्रान्त, सम्पर्कविहीनको खोजी र राहतका लागि सांसद गुरुङको माग


  • 477
    Shares

    बाढीले मनाङ आक्रान्त, सम्पर्कविहीनको खोजी र राहतका लागि सांसद गुरुङको माग
    images

    काठमाडौं । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोले मनाङ जिल्लामा ठूलो जनधनको क्षति पु¥याएको छ । मस्र्याङ्दी नदी र स्थानीय खोलामा आएको बाढीले दर्जनौं घर बगाउनुका साथै सडक र सञ्चार सम्पर्क विच्छेद गराएको छ । 

    विशेषगरी नार्पा भूमि गाउँपालिकामा पर्वतारोही दलका सदस्यहरू सम्पर्कविहीन भएपछि जिल्लाको अवस्था गम्भीर बनेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद टेकबहादुर गुरुङले मनाङमा उत्पन्न विषम परिस्थितिबारे सदनलाई जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । बाढीले सदरमुकाम चामे र नासोँ गाउँपालिकाको ताल गाउँमा दर्जनौं घरहरूमा क्षति पु¥याएको छ । चामे–खाङसार सडकखण्ड पूर्ण रूपमा बन्द हुँदा यातायात सेवा अवरुद्ध भएको छ भने विभिन्न स्थानका मोटरेबल पुलहरू बगेका छन् । 

    सभामुखमार्फत सरकारसँग माग राख्दै सांसद गुरुङले नार्पा भूमिमा हिमलुङ हिमाल चढ्न गएका २७ जना नेपाली सहयोगीमध्ये २ जनाको मृत्यु भएको र १४ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन्। बाँकी ११ जना सम्पर्कमा आए पनि उद्धारको अवस्था जटिल बनेको छ । बाटोघाटो र पुलपुलेसा भत्किँदा सयौं आन्तरिक तथा बाह्य पर्यटक मनाङका विभिन्न स्थानमा अलपत्र परेका छन् । 

    वर्षा र हिमपातले हिमाली क्षेत्रको एकमात्र बाली नष्ट पारेपछि जिल्लामा खाद्य संकटको जोखिम बढेको छ । पर्यटन सिजनमै आएको यस विपत्तिले पर्यटन व्यवसायीहरूलाई समेत ठूलो आर्थिक नोक्सानी पु¥याएको छ । अवरुद्ध विद्युत् र टेलिफोन सेवा तत्काल सुचारु नहुँदा राहत र उद्धारको काममा कठिनाइ भइरहेको भन्दै सांसद गुरुङले तत्काल सरकारी टोली परिचालन गर्न माग गरेका छन् । 

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १२:४१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij