Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

राप्रपाको प्रश्नः ‘सरकार किन बाटो बिराइरहेको छ ?’

राप्रपाको प्रश्नः ‘सरकार किन बाटो बिराइरहेको छ ?’


  • 435
    Shares

    राप्रपाको प्रश्नः ‘सरकार किन बाटो बिराइरहेको छ ?’
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले सरकारको पछिल्लो कार्यशैली र नीतिगत निर्णयहरूको आलोचना गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा उनले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट र पूर्व प्रधानन्यायाधीशमाथि गरिएको सुरक्षा व्यवहारलाई लिएर सरकारले ‘बाटो बिराइरहेको’ भन्दै गम्भीर प्रश्न उठाएका हुन्। 

    सांसद गिरीले दशैँ–तिहारको मुखमा सार्वजनिक यातायातमा हचुवाको भरमा सिन्डिकेट लागू गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाएका छन् । उनले उचित व्यवस्थापन नगरी हतारमा निकालिएको यस सूचनाले सर्वसाधारणलाई थप सास्ती दिने भन्दै यस्तो निर्णयको आधार खोज्नुपर्ने बताएका छन्। उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीलाई लिएर सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। 

    सांसद गिरीले भने, ‘व्यक्तिलाई सुरक्षा दिनुपर्ने अवस्थामा पक्राउ गरेर लगिनु दुःखद् हो । थुनामा रहेका व्यक्तिलाई भेट्न मानव अधिकारकर्मीहरूलाई समेत रोक लगाउनु कानून र विधिको उपहास हो ।’ 

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १२:२८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij