Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

नेकपाको प्रश्नः के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ

नेकपाको प्रश्नः के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ


  • 575
    Shares

    नेकपाको प्रश्नः के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

    देशमा जारी बाढीपहिरोको विपत्ति र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मध्यरातको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरेका छन् । दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पक्राउ गरिएको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले पक्राउ पुर्जीबिना नै मध्यरातमा गरिएको गिरफ्तारीलाई ‘गैरकानूनी राज्यको दृष्टान्त’ र ‘अराजकता’को संज्ञा दिएका छन्। 

    दुलालले प्रश्न गरे ,‘हामी कानूनी राज्यमा छौँ कि अराजकताको बाटोमा ? यो देश सरकारमा बसेकाहरूको निजी बिर्ता होइन । खाएपछि मध्यरातमा जोश र मध्याह्नमा होस आउँछ रु सरकारले यसको जवाफ दिनुपर्छ ।’

    सुरक्षा थ्रेटको बहानामा गरिएको गिरफ्तारी र १२ घण्टा नबित्दैको रिहाइलाई उनले सरकारको ‘बहुलाठीपूर्ण पागलपन’ भन्दै टिप्पणी गरेका छन् । विगतमा पूर्वप्रधानमन्त्री र अहिले पूर्वप्रधानन्यायाधीशलाई गरिएको व्यवहारले कानूनी राज्यको उपहास भएको उनको दाबी छ । उनले सरकारलाई संवैधानिक र कानूनी बाटोबाट देश सञ्चालन गर्न पुनः सचेत गराएका छन्

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १२:१०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij