Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

ललितपुर धापाखेलमा साढे दुई तले घर ढल्यो

ललितपुर धापाखेलमा साढे दुई तले घर ढल्यो


  • 533
    Shares

    ललितपुर धापाखेलमा साढे दुई तले घर  ढल्यो
    images

    काठमाडौं । ललितपुर महानगरपालिका-२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ ।

    सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर आज बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

    जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति भने नभएको उनले बताए । सो घरमा थापाको तीन जनाको परिवार बस्दै आएको थियो ।

    अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको उनको भनाइ छ । घर ढल्दा घर मुनि रहेको खोल्सो पनि थुनिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - ११:०५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij