२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेमा जमिन चिराचिरा परेपछि १५\१६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
भिरालो भू–भागमा रहेको बस्तीमा लगातारको वर्षापछि जमिन चिराचिरा परेको मकवानपुर प्रहरीले जनाएको छ । जमिनमा चिरा परेसँगै जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण जमिन गलेर कमजोर भएकाले चिरा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । बस्तीमा थप जोखिमको अवस्था रहे\नरहेकोबारे स्थानीय प्रशासन तथा सुरक्षा निकायले निगरानी गरिरहेका छन् ।
सम्भावित पहिरो तथा भू–क्षयको जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij