Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि (श्रमिक) मा बाबु लाल श्रेष्ठको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि (श्रमिक) मा बाबु लाल श्रेष्ठको उम्मेदवारी


  • 10.3K
    Shares

    कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि (श्रमिक) मा बाबु लाल श्रेष्ठको उम्मेदवारी
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि (श्रमिक) पदमा बाबु लाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।

    नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल वित्तीय संस्था कर्मचारी संघमा जिल्ला तहदेखि केन्द्रीय कोषाध्यक्षसम्म विभिन्न सांगठनिक जिम्मेवारी सम्हालेको अनुभवका आधारमा आफूले उम्मेदवारी दिएको श्रेष्ठले बताएका छन्।

    औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकको हकहित र अधिकार संरक्षणका विषयलाई प्राथमिकतामा राख्दै पार्टीमार्फत श्रमिकका समस्या समाधानका लागि आवाज उठाउने आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाइ छ।

    श्रेष्ठले ‘श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्रिय शक्ति हो’ भन्ने नारासहित आफूलाई श्रमिक समूहबाट महाधिवेशन प्रतिनिधिका रूपमा अघि सारेका हुन्।

    उनले कांग्रेसका क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा पालिका सभापतिसहित सम्बन्धित प्रतिनिधिहरूसमक्ष आफ्नो पक्षमा मत दिन आग्रह गरेका छन्।

     

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १७:४०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij