Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

म्याग्दीमा पहिरोले ४ जनाको ज्यान लियो, ४ जना बेपत्ता

म्याग्दीमा पहिरोले ४ जनाको ज्यान लियो, ४ जना बेपत्ता


  • 778
    Shares

    म्याग्दीमा पहिरोले ४ जनाको ज्यान लियो, ४ जना बेपत्ता
    images

    काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोमा परेर म्याग्दीमा मात्रै ४ जनाको ज्यान गएको छ । बाढी–पहिरोका कारण घरहरू भत्किएका छन् भने ४ जनाको मृत्यु भएको छ । उनीहरूको शव फेला परेको र थप ४ जना बेपत्ता रहेको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिएका छन् । 

    उनका अनुसार अन्नपूर्ण गाउँपालिका–३मा पहिरोमा परी मृत्यु भएकी ५५ वर्षीया जोमाया पाइजाको शव फेला परेको छ भने ७५ वर्षीया शिवकुमारी गर्बुजा अझै बेपत्ता रहेकी छिन् । अन्नपूर्ण गाउँपालिका–८ काफल डाँडास्थित खर्क भन्ने ठाउँमा पहिरोले पुरिएर १९ वर्षीय स्वविन चोचाङ्गीको शव भेटिएको छ भने २२ वर्षीय मनोज गर्बुजा हालसम्म बेपत्ता छन् ।

    त्यस्तै, अन्नपूर्ण गाउँपालिका–५ को तिवाङ भन्ने ठाउँमा पनि थप दुई जना बेपत्ता भएको सूचना प्राप्त भएको र उद्धार टोली घटनास्थल पुग्न बाँकी रहेको बताइएको छ । उता मालिका गाउँपालिका वडा नम्बर ३ रुम, डाँडा गाउँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा करिब ४० वर्षीय किरण पुन र करिब ३५ वर्षीय देवबहादुर पुन रहेका छन् । दुवै जनाको शव घटनास्थलबाट फेला परिसकेको छ ।

    साथै, बेनी नगरपालिका वडा नम्बर ३ भकिम्लीको छेवारे भन्ने ठाउँमा कुमारी विकपहिरोमा पुरिएर घाइते भएकी छिन् । उनको उद्धार भैसकेको प्रहरीले जनाएको छ । सुरक्षा निकायले पहिरो प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको छ बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । 

     

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १७:२२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij