२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको क्षतिग्रस्त बनेको छ । पुल क्षतिग्रस्त बनेपछि आवतजावत ठप्प भएको छ।
कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पर्वततर्फको पुलको पिल्लरनै बाढीले भत्काएको छ । एक महिना अगाडि बाढीले कटान गर्दा पुल जोखिममा परेको थियो ।
आइतबार बिहान भने आवत जावतनै ठप्प हुने गरी भत्किएको छ । राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने यो पुल जोखिममा परेपछि दैनिक आवतजावत गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij