Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

इन्द्रसरोवरमा पानीको सतह बढेपछि हेटौंडा–काठमाडौं छोटो मार्गमा सवारी रोक

इन्द्रसरोवरमा पानीको सतह बढेपछि हेटौंडा–काठमाडौं छोटो मार्गमा सवारी रोक


  • 1.5K
    Shares

    इन्द्रसरोवरमा पानीको सतह बढेपछि हेटौंडा–काठमाडौं छोटो मार्गमा सवारी रोक
    images

    काठमाडौं । कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशय ९ताल०मा पानीको सतह बढ्दै गएपछि पछिल्लो अवस्थालाई मध्यनजर गर्दै हेटौंडा(काठमाडौं आवतजावतमा रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्गमा आवतजावत गर्ने यात्रु तथा सवारी साधनलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। 

    प्रशासनले आज आइतबार दिउँसो ४ बजेदेखि भोलि बिहान ५ बजेसम्म देउराली-सिस्नेरी-काठमाडौं र पालुङ हुँदै सिस्नेरी(देउराली(हेटौंडातर्फ जाने सडकमा कुनै पनि सवारी साधन सञ्चालन नगर्नरनगराउन आग्रह गरेको प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिए ।

    कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर तालमा पानीको सतह बढ्ने क्रम जारी रहेको जनाउँदै प्रशासनले जलाधार क्षेत्रमा भइरहेको वर्षाको विश्लेषण गरी विद्युत् प्राधिकरणले साइरन बजाइ सुरक्षाको मापदण्ड पूरा गरेर जुनसुकै समयमा तालको ढोका खोल्न सक्ने प्रशासनले जानकारी दिएको छ ।

    प्रशासनका अनुसार उक्त सडकखण्डमा आज साँझ ४ बजेदेखि असोज १२ गते बिहान ५ बजेसम्म कुनै पनि प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । अत्यावश्यक कामका लागि काठमाडौं जाने वा हेटौंडा आउने यात्रु तथा सवारी चालकले उक्त समयभित्र त्रिभुवन राजपथबाट यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

     

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १६:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij