Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

मनाङको हिम्लुङमा खोजी कार्यका लागि हेलिकप्टर परिचालन

मनाङको हिम्लुङमा खोजी कार्यका लागि हेलिकप्टर परिचालन


  • 764
    Shares

    मनाङको हिम्लुङमा खोजी कार्यका लागि हेलिकप्टर परिचालन
    images

    काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा पहिरो गएपछि आरोहणमा गएका १० जना सम्पर्कविहीन भएको सूचना आएपछि खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार प्रभु हेलिकप्टरमार्फत चार जना उद्धारकर्मीलाई पहिरो गएको क्षेत्रमा पठाइएको छ। थप तीन जना उद्धारकर्मीलाई कैलाश हेलिकप्टरमार्फत घटनास्थलतर्फ पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक विनोद बोहराले जानकारी दिएका छन्।

    पहिरोका कारण हिमाल आरोहणमा गएका १० जना सम्पर्कविहीन भएको आशंका गरिए पनि उनीहरूको अवस्था र घटनाको यकिन विवरण भने प्राप्त भइनसकेको प्रहरीले जनाएको छ।

    सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीन भएका आरोहीहरू नेपाली नागरिक रहेको प्रारम्भिक जानकारी छ।

    घटनाको थप विवरण संकलन तथा सम्भावित जोखिममा परेकाहरूको खोजीका लागि सुरक्षा निकाय र उद्धार टोली परिचालन गरिएको छ। हेलिकप्टरबाट उद्धारकर्मी घटनास्थल पुगेपछि खोजी तथा उद्धार कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १६:२२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij