२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला खोलामा नुहाउने क्रममा एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मकवानपुरगढी गाउँपालिका–५, मकवानपुरका ४७ वर्षीय छोरा गोविन्दराज दुलाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता एवंडिएसपी रमेश बहादुर पालका अनुसार, दुलाल शनिबार बिहान कमला खोलामा नुहाउन गएको अवस्थामा अचानक खोलाको बहावले बगाएको थियो ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक विकास पासवानको कमाण्डमा ५ जना तथा अस्थायी प्रहरी पोस्टबाट प्रहरी टोली खोजीमा खटिएको थियो ।
साथै, खोलाको आसपासका प्रहरी युनिटबाट समेत थप टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij