Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

सोमबार प्रतिनिधिसभामा ६ विधेयक प्रस्तुत हुँदै

सोमबार प्रतिनिधिसभामा ६ विधेयक प्रस्तुत हुँदै


  • 659
    Shares

    सोमबार प्रतिनिधिसभामा ६ विधेयक प्रस्तुत हुँदै
    images

    काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको आगामी सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकका लागि सार्वजनिक गरिएको कार्यसूचीमा कानुन र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विधेयकहरू प्रस्तुत हुने भएका छन् । 

    कार्यसूचीको पहिलो बुँदामा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ ।  

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने र तत्पश्चात् उक्त विधेयक प्रस्तुत गर्ने कार्यतालिका दोस्रो बुँदामा छ । 

    बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चार वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 

    कार्यसूचीअनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ लाई पेस गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ पेस गर्ने र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ मन्त्री मेहताले पेस गर्ने कार्यसूची रहेको छ । 

    825260186_1086232490937250_8027023542260682961_n_hZXZppOnEZ.webp

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १४:३४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij