२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरी नियन्त्रणबाट रिहा भएका छन्। आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनलाई सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ।
जबरालाई शनिबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले उनलाई पक्राउ गरिएको नभई सुरक्षाका लागि कार्यालयमा ल्याइएको दाबी गर्दै आएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई कार्यालयबाट सुरक्षित स्थानमा लगेर छाडेका हुन्। कार्यालयका एक अधिकारीका अनुसार जबरा कार्यालयबाट बाहिरिसकेका छन्।
यसअघि जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली कार्यालय पुगे पनि प्रहरीले भेट्न नदिएको थियो। करिब ४५ मिनेट गेटमा कुर्दा समेत भेट्न नदिएपछि आयोगको टोली फर्किएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij