२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएपछि आइतबार हेटौंडामा सवारीसाधनको चाप बढेको छ।
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडकका विभिन्न स्थानमा अवरोध भएपछि काठमाडौं जाने मालवाहक ट्रक तथा यात्रुवाहक बस वैकल्पिक मार्गतर्फ केन्द्रित भएका छन्।
हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ, फाखेल र सिस्नेरी मार्गमा समेत विभिन्न स्थानमा अवरोध भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढेको हो। हेटौंडामा काठमाडौं जाने मालवाहक सवारी तथा यात्रुवाहक बसको लामो लाइन देखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij