२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेको छ । तर, आयोगको टोलीलाई कार्यालयका सुरक्षाकर्मीले गेटमै रोकेका छन् ।
जबरालाई प्रहरीले आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याएको थियो । प्रहरीले भने उनलाई सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा राखिएको जनाएको छ ।
आयोगको टोली करिब आधा घण्टादेखि कार्यालयको गेटमा रोकिएको बताइएको छ । जबरालाई भेट्न तथा उनको अवस्थाबारे जानकारी लिन टोली टेकु पुगेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारीहरूले जबरालाई सुरक्षा चुनौतीका कारण कार्यालयमा ल्याइएको बताएका छन् । प्रहरीका अनुसार उनीविरुद्ध तत्काल कुनै मुद्दा चलाउने योजना छैन र सुरक्षा अवस्था सामान्य भएपछि छाडिने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij