Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

मुग्लिन–नारायणगढ सडक खुल्यो, पोखरातर्फ जाने सवारीलाई मात्रै अनुमति

मुग्लिन–नारायणगढ सडक खुल्यो, पोखरातर्फ जाने सवारीलाई मात्रै अनुमति


  • 750
    Shares

    मुग्लिन–नारायणगढ सडक खुल्यो, पोखरातर्फ जाने सवारीलाई मात्रै अनुमति
    images

    काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

    सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।

    आइतबार मध्याह्न १२:१० बजेदेखि पोखरातर्फ जाने सवारीसाधनहरूलाई मात्र आवागमन खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    अविरल वर्षाका कारण नाम्सी खोलाको पुलमाथि लेदोसहितको पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड आइतबार बिहानदेखि अवरुद्ध बनेको थियो ।

     

     

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १३:०४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij