२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । पाल्पामा पहिरोले घर र गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
आइतबार बिहान माथागढी गाउँपालिका–३ भैसेकट्टामा पहिरो खस्दा ७५ वर्षीय लिलबहादुर घर्ती मगरको मृत्यु भएको हो । पहिरोले घर तथा गोठ पुरिएपछि खोजी गर्दा उनको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
पहिरोमा परेर लिलबहादुरकी १७ वर्षीया छोरी दिना घर्तीमगर र १५ वर्षीया झरना घर्तीमगर बेपत्ता भएका छन् ।
बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको डीएसपी थापाले बताए । पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij