२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।
निरन्तरको वर्षासँगै आइतबार गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।
वर्षासँगै नदीले धार परिवर्तन गरेको र झोलुङ्गे पुलमा लगातार नदीको बहावले प्रहार गर्दा मुख्य राजमार्ग चर्किएको तथा भित्री सडक भासिएको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीले जानकारी दिएका छन्। सडक भासिएपछि अहिले मनकामना केबलकार सेवा बन्द रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij