Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान


  • 785
    Shares

    यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
    images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

    हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै, वाग्मती र कर्णाली प्रदेशका केही तथा कोसी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आइतबार दिउँसो गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै मधेस र वाग्मती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    आइतबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका केही तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै, मधेस तथा कोसी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    सोमबार दिउँसो देशभर आंशिक बादल लाग्नेछ भने हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका तराई भु-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

    सोमबार राति हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    महाशाखाका अनुसार मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    मंगलबार राति देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १०:१५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij