Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किए

प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किए


  • 533
    Shares

    प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किए
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन्।

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री आज स्वदेश फर्किएका हुन्। उनलाई अर्थ, गृह र पर्यटनमन्त्रीले स्वागत गरे।

    उनले सम्बोधनका क्रममा भोटेकोशी बाढीको उदाहरण दिँदै हिमालयबाट आएको जलवायु सङ्कटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्नुपर्नेमा जोड दिएका थिए।

    विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रको आशाबारे बोल्नुपर्ने अवस्थामा आफू मृत्यु र विनाश, आफन्तको प्रतीक्षामा रहेका परिवार, बेपत्ता नागरिक तथा बाढीले बगाएका पुल, सडक, विद्यालय, घर र जीविकोपार्जनका साधनबारे बोल्न बाध्य भएको उल्लेख गरेका थिए।

    विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०।१ प्रतिशतभन्दा कम भए पनि जलवायु सङ्कटको ठूलो मूल्य नेपालले चुकाइरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

    प्रकाशित मिति :आश्विन १० २०८३ शनिवार - १७:०४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij