Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

कृष्णभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

कृष्णभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन


  • 785
    Shares

    कृष्णभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
    images

    काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो साढे १२ बजेबाट राजमार्ग एकतर्फी सञ्चालनमा आएको जानकारी दिए ।

    उनका अनुसार, तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ । थप पहिरो नगएको खण्डमा आजबाट नियमित बाटो सञ्चालनमा आउने उनले बताए । बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

    पहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द भएको थियो । गत भदौ १४ गते कृष्णभिर क्षेत्रको सडक भासिएपछि डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो । सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको थियो ।

    यद्यपि अहिले बाटो एकतर्फी सञ्चालनमा आएको हो ।

    प्रकाशित मिति :आश्विन १० २०८३ शनिवार - १५:२७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij