Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

१० दिन सुरुङभित्र संघर्ष गरेका कबीर महर्जन स्वस्थ भएर घर फर्किए

१० दिन सुरुङभित्र संघर्ष गरेका कबीर महर्जन स्वस्थ भएर घर फर्किए


  • 1.9K
    Shares

    १० दिन सुरुङभित्र संघर्ष गरेका कबीर महर्जन स्वस्थ भएर घर फर्किए
    images

    काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबीर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार अस्पतालबाट बिदा गरिएका महर्जनलाई ललितपुरस्थित उनको निवासमा भव्य स्वागत गरिएको छ । 

    गत भदौ १० गते आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र फसेका महर्जनको उद्धार कार्य विश्वभर चर्चाको विषय बनेको थियो । १० दिनसम्म अँध्यारो सुरुङमा अन्धकार र अनिश्चयबिच सङ्घर्ष गरिरहेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अदम्य साहसका साथ जीवितै बाहिर निकालेको थियो । 

    उद्धारपश्चात् उपचारका लागि अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले नजिकबाट निगरानी गरेका थिए । लामो समयको मानसिक तथा शारीरिक तनावपछि महर्जनको स्वास्थ्यमा क्रमशः सुधार आएको अस्पताल स्रोतले जनाएको छ ।

     

     

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १७:२९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij