Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

गोरखाको दरौँदी खोँचमा फसेका युवकको उद्धार

गोरखाको दरौँदी खोँचमा फसेका युवकको उद्धार


  • 827
    Shares

    गोरखाको दरौँदी खोँचमा फसेका युवकको उद्धार
    images

    काठमाडौं । गोरखाको दरौँदी नदीको खोँचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

    शुक्रबार मानसिक अवस्था असामान्य रहेका पालुङटार नगरपालिका–१ खोप्लाङ कोसगाडे घर भएका सोनम गुरुङ बिहान देखि खोँचमा फसेका थिए ।

    उनलाई सशस्त्र प्रहरी बलको नम्बर–२९ गुल्मबाट खटिएको टोलीले गोरखा नगरपालिका–१० स्थित छेबेटारबाट उद्धार गरेको हो । नदीको खोँचबाट उद्धार गरेर उनलाई प्रहरीको अस्थायी प्रहरी पोस्ट छेबेटारमा बुझाइएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १६:४१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij