Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

दसैँमा खसी–च्याङ्ग्रा नल्याउने सरकारको निर्णयले बढायो मूल्यवृद्धिको जोखिम

दसैँमा खसी–च्याङ्ग्रा नल्याउने सरकारको निर्णयले बढायो मूल्यवृद्धिको जोखिम


  • 729
    Shares

    दसैँमा खसी–च्याङ्ग्रा नल्याउने सरकारको निर्णयले बढायो मूल्यवृद्धिको जोखिम
    images

    काठमाडौं । दसैँमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी–च्याङ्ग्रा नल्याउने भएपछि बजारमा मासुको मूल्य थप बढ्न सक्ने जोखिम देखिएको छ। विगतमा सहुलियत दरमा खसी–बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीले यस वर्ष बजेट अभावका कारण यस्तो कार्यक्रम सञ्चालन नगर्ने भएको हो।

    कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यस वर्ष खसी–बोका खरिदका लागि बजेट विनियोजन नभएकाले दसैँका लागि चौपाया नल्याउने निर्णय गरिएको हो। कम्पनीले २०८१ सालको दसैँमा १ हजार ५ सय खसी–बोका र ३ सय च्याङ्ग्रा ल्याएर सहुलियत मूल्यमा बिक्री गरेको थियो।

    यस वर्ष भने दसैँ सुरु हुनुअघि नै खसीको मूल्य बढिसकेको छ। चौपाया खरिद–बिक्री केन्द्रका अनुसार काठमाडौँ उपत्यकामा दसैँका बेला मात्रै ३५ देखि ४० हजार खसी, बोका तथा च्याङ्ग्राको माग हुने अनुमान छ। हाल जिउँदो खसीको मूल्य प्रतिकिलो ८५० रुपैयाँ पुगेको छ, जुन गत वर्षको ७५० रुपैयाँभन्दा १०० रुपैयाँ बढी हो।

    यस्तै, खसीको मासुको खुद्रा मूल्य अहिले प्रतिकिलो १ हजार ७ सय रुपैयाँसम्म पुगेको व्यवसायी बताउँछन्। आपूर्ति थप प्रभावित भए मूल्य अझै बढ्न सक्ने उनीहरूको भनाइ छ।

    उपभोक्ता अधिकारकर्मीहरूले भने सरकारी कम्पनी बजारमा उपस्थित नहुँदा निजी व्यापारीको मनोमानी बढ्न सक्ने बताएका छन्। अधिकारकर्मी विष्णुप्रसाद तिमिल्सिनाले खाद्य कम्पनीले पर्याप्त मात्रामा खसी–च्याङ्ग्रा उपलब्ध गराउन नसके पनि बजारमा मूल्य नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्दै आएको दाबी गरेका छन्।

    उनका अनुसार पछिल्ला महिनामा खसीको मासुको मूल्य प्रतिकिलो १ हजार २ सय–१ हजार ३ सय रुपैयाँबाट बढेर १ हजार ७ सयदेखि १ हजार ८ सय रुपैयाँसम्म पुगिसकेको छ। दसैँसम्म मूल्य अझै बढ्न सक्ने भन्दै उनले बजार अनुगमन तथा नियमन प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १५:३७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij