Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग

जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग


  • 715
    Shares

    जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
    images

    काठमाडौं । जनकपुरधामका गुठी जग्गामा दशकौँदेखि बसोवास गर्दै आएका स्थानीय बासिन्दाहरूले सरकारद्वारा जारी १५ दिने सूचना खारेज गर्न माग गर्दै आन्दोलन शुरु गरेका छन् । आफूहरूले पुख्र्यौली सम्पतीसरह भोगचलन गर्दै आएको जग्गाबाट विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयले गुठी संस्थान र स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् । 

    जनकपुरका विभिन्न स्थानमा २०२५ सालदेखि नै बसोवास गर्दै आएका स्थानीयहरूले जग्गाको स्वामित्व वा व्यवस्थित उपभोगको अधिकार पाउनुपर्ने माग अघि सारेका छन् । स्थानीयले गुठी संस्थान ऐन, २०२५ र २०३३ को प्रावधानअनुसार आफूहरूलाई व्यवस्थित गर्नुपर्नेमा उल्टै जग्गा खाली गर्न दबाब दिइएको आरोप लगाएका छन् ।

    आन्दोलनकारीहरूले घर भत्काउने र विस्थापन गर्ने कार्य तत्काल रोक्न माग गरेका छन् । पीडित पक्षले स–साना बालबालिका बोकेर प्लास्टिकको छानोमुनि बस्नुपर्ने बाध्यता सिर्जना भएको भन्दै राज्यले यसको मानवीय पाटो हेर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले आफ्ना माग पूरा नभए आम हडताल र चक्काजामसम्मका कडा कदम चाल्ने चेतावनी दिएका छन् । 

    संघर्ष समितिका सचिव वचनदेव मण्डलले गुठीले आतंक गरिरहेको बताउँदै उनीहरुको विरोधमा उत्रिएको बताए । यसैबीच, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले गुठी जग्गाको विषय संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने स्पष्ट पारे । स्थानीयको समस्या समाधानका लागि गठित नौ सदस्यीय उच्चस्तरीय समितिमा आफ्ना मागहरू समावेश गर्ने प्रतिवद्धता जनाए। 

    समितिले नापी, मालपोत र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरूसँग समन्वय गरी जग्गाको वास्तविक अवस्था अद्यावधिक गर्ने र स्वबासीको अधिकार नखोसिने गरी व्यवस्थापन गर्न पहल गर्ने विश्वास दिलाएको छ । जग्गाको वैधानिकता र स्वामित्वको विषयमा रहेको द्विविधाले गर्दा जनकपुरमा गुठी जग्गाको समस्या अझै जटिल बनेको छ । 

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १४:४३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij