Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द


  • 645
    Shares

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    images

    काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज एक दिनका लागि विद्यालय बन्द गरेका छन् ।

    सात पालिकामा रहेका ४९७ विद्यालय बन्द गरिएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख कृष्णचन्द्र पोखरेलका अनुसार यहाँ रहेका सबै पालिकाले आज एक दिनका लागि विद्यालय बन्द गरेका हुन् ।

     ती विद्यालयमा एक लाख ६९ हजार ३५६ विद्यार्थी अध्ययन गर्दै आएका छन् । निरन्तरको वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको उनले बताए ।  

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १४:३५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij