२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । निरन्तरको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग धादिङका पाँच स्थानमा अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गमा यातायात सेवा प्रभावित बनेको हो।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, बेनीघाट रोराङ–१० तिग्राडखानी, बेनीघाट रोराङ–९ ज्यामिरेघाट, गजुरी गाउँपालिका–२ परेवा भिर र बेनीघाट रोराङ–१० ज्वाङखोलामा सडक अवरुद्ध भएको छ।
कृष्णभिरमा माथिबाट ढुङ्गासहित पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको छ। पहिरो पन्छाउने काम भइरहे पनि ढुङ्गा खस्ने क्रम नरोकिएपछि काम रोकिएको प्रशासनले जनाएको छ। तिग्राडखानी र ज्यामिरेघाटमा पनि ढुङ्गासहित पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ। दुवै स्थानमा सडक खुलाउने काम भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij