२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण दुई दिनदेखि लगातार वर्षा भइरहँदा देशभरका नदीनालामा पानीको सतह बढ्दै गएको छ।
विरल वर्षको कारण चोभार गल्छीमा पानीको बहाव बढेको छ । जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षा हुने प्रक्षेपण गरेको छ।
विशेष गरेर बागमती नदीमा पानीको वहाव बढिरहेको छ। शुक्रबार बिहानैदेखि बागमतीमा पानीको सहत बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षाकै कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध हुन पुगेका छन् ।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij