२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । काठमाडौंको मुलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएको छ । पुलसँगैको ग्याविन जालीको भाग भासिएपछि सो पुलबाट आउजाउ गर्न रोक लगाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले बताएका छन् ।
सो पुलबाट मुलपानी र भक्तपुरतर्फ आउजाउ गरिन्छ । अविरल वर्षाका कारण भक्तपुरको खस्याङ खुसुङ खोलाको सतह बढेको छ । डेकुचा हुँदै चाँगुनारायणतर्फ जाने सडकमा खस्याङ खुसुङ खोलाको बहाव बढेर बाटोसम्म पुगेको छ ।
त्यस्तै, लोकन्थली नजिकै सागबारीमा नदीको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेकाहरू स्थानीयलाई हटाएको छ । टहरामा बस्नेहरूलाई नजिकैको आदर्श जनप्रेमी स्मुलमा लगेर राखिएको एसपी खड्काले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij