Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

मकवानपुरको सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु

मकवानपुरको सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु


  • 596
    Shares

    मकवानपुरको सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु
    images

    काठमाडौं । मकवानपुरको सिमात खोलाले बगाउँदा श्यामबहादुर स्याङतानको मृत्यु भएको छ ।

    बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    बिहीबार साँझ खोलाको बीचमा ढुङ्गामा पुरुषको शव अड्किएको सूचना पाएपछि अस्थायी प्रहरी पोस्ट छतिवन र इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलतर्फ खटिएको थियो ।

    प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाको बीचमा ढुङ्गामा अड्किएको शव बाहिर निकालिएको प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - ११:५२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij