Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

पहिरोले बन्चरेडाँडा जाने सडक अवरुद्ध, फोहोरका गाडी बिचमै रोकिए

पहिरोले बन्चरेडाँडा जाने सडक अवरुद्ध, फोहोरका गाडी बिचमै रोकिए


  • 722
    Shares

    पहिरोले बन्चरेडाँडा जाने सडक अवरुद्ध, फोहोरका गाडी बिचमै रोकिए
    images

    काठमाडौं । पहिरोका कारण बन्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित भएको छ ।

    सडक अवरुद्ध हुँदा उपत्यकाबाट फोहोर बोकेर बन्चरेडाँडा जाने गाडीहरू बीच बाटोमै रोकिएका छन् । फोहोर ढुवानी गर्ने सडक नै अवरुद्ध भएपछि नियमित रूपमा फोहोर व्यवस्थापन गर्न समस्या भएको हो ।

    बन्चरेडाँडा नुवाकोट र धादिङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि यो मुख्य ल्यान्डफिल साइटका रूपमा प्रयोग हुँदै आएको छ ।

    लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाने र सडक अवरुद्ध हुने क्रम बढेकाले फोहोर ढुवानीसमेत प्रभावित भएको हो । सडक खुलाउन सके मात्रै रोकिएका फोहोरका गाडी गन्तव्यतर्फ पठाउन सकिने अवस्था छ ।

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - ११:४३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij