Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

टेकुको कालोपुल क्षेत्रको कोरिडोर सडक डुबानमा, आवतजावत प्रभावित (तस्बिरहरू)

टेकुको कालोपुल क्षेत्रको कोरिडोर सडक डुबानमा, आवतजावत प्रभावित (तस्बिरहरू)


  • 652
    Shares

    टेकुको कालोपुल क्षेत्रको कोरिडोर सडक डुबानमा, आवतजावत प्रभावित (तस्बिरहरू)
    images

    काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौंको टेकुस्थित कालोपुल क्षेत्रको कोरिडोर सडक डुबानमा परेको छ । नदीमा पानीको बहाव बढेपछि सडक जलमग्न हुँदा सो क्षेत्रमा आवतजावत प्रभावित भएको हो ।

    लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ । टेकु क्षेत्रको कोरिडोरमा पानी जम्दा सवारीसाधन सञ्चालनमा समेत समस्या भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भारतको उत्तर महाराष्ट्र तथा छत्तीसगढ आसपास रहेको बलियो न्यूनचापीय प्रणालीको प्रभावसमेत नेपालमा परेको विभागले जनाएको छ ।

    हाल देशभर अधिकांश क्षेत्रमा बदली रहेको छ भने बागमतीसहित कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी किनार तथा कोरिडोर क्षेत्रमा डुबानको जोखिम बढेकाले यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।


    s7.JPGs5.JPG

    s4.JPG

    s3.JPG

    s2.JPG

    s1.JPG

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - ११:१०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij